कैलारी ६ धर्मापुरमा एमालेको टोल भेला सम्पन्न, १३ सदस्यीय टोल कमिटी गठन
कैलारी गाउँपालिका वडा नम्बर ६ धर्मापुरमा नेकपा एमालेको टोल भेला सम्पन्न भएको छ ।
चनकलाल चौधरीको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटी गठन गरिएको हो ।
कार्यक्रमको अध्यक्षता विष्णु चौधरीले गरेका थिए । प्रमुख अतिथि जिल्ला कमिटी सदस्य वीरेन्द्र बहादुर रावल थिए । उनले मिसन ग्रासरुटले एमालेलाई अझै बलियो बनाउने बताए । रावलले आगामी निर्वाचनमा बहुमत ल्याउने गरि खटिन समेत सबैलाई आग्रह गरेका थिए ।
कार्यक्रमको सञ्चालक अमृत चौधरीले गरेका थिए ।
१० चैत २०७९, शुक्रवार १९:३३ बजे प्रकाशित































