punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै

Chaupati
safha napa

जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ भवन निर्माण कार्य सुरु भएको छ । पुराना भवनहरू जीर्ण भएपछि अहिले जिल्ला प्रहरी कार्यालयको नयाँ भवन बन्न लागेको हो । झन्डै ११ करोड रुपैयाँको लागतमा बन्न लागेको भवनको निर्माण कार्य १८ महिनामा सम्पन्न गरिसक्ने गरी सम्झौता भएको छ । भवन निर्माणको जिम्मा आसिस आलोक जोइन्ट भेन्चरले पाएको छ ।

लामो समयदेखि पुरानो र साँघुरा भवनबाट सेवा प्रदान गर्नुपर्दा समस्या भइरहेकाले आधुनिक भवन निर्माण भएपछि सेवा प्रदान गर्न सहज हुने अपेक्षा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० तर्कराज पाण्डेयले जानकारी दिए । नयाँ निर्माण हुने भवन तीन तलाको हुने छ । नयाँ बन्न लागेको भवनमा थुनुवा कक्ष, महिला पुरुष हिरासत कक्ष, बाल निगरानी कक्ष, ब्यारेक, कार्यालय प्रमुखको निवास, प्रहरीका आन्तरिक शाखाहरू निर्माण हुने डीएसपी पाण्डेयले बताए ।

नयाँ भवन निर्माण कार्य सुरु गरेपछि ५१ जना प्रहरी जवान महाकाली नगरपालिकाले निर्माण गरेको आइसोलेसन भवन तथा बृहत् खानेपानी कार्यालयले निर्माण गरेका भवन ९भौराबगड० क्षेत्रमा प्रहरी निरीक्षक ९इन्स्पेक्टर० गोविन्द भण्डारीको नेतृत्वमा बस्ने गरेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यस्तै बाँकी प्रहरीहरू अहिले कारागार तथा कोठा भाडामा लिएर बसिरहेका छन् ।

एकै पटक सबै संरचना भत्काएर सँगै निर्माण गर्नुपर्ने भएकाले व्यवस्थापनमा केही असजिलो भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । नयाँ बन्ने भवनको शिलान्यास केही समयपछि गर्ने तयारी छ ।


१० चैत २०७९, शुक्रवार २१:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु