थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, १४७ निको भए
काठमाडौं, असार २८ । नेपालमा आज थप ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वार गौतमले ३ हजार ९ सय १६ जनाको पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण पष्टि भएको बताए ।
योसहित हालसम्म कुल संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ। त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४७ निको भएका छन्। हालसम्म निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ। हालसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।
२८ असार २०७७, आइतवार १०:५६ बजे प्रकाशित































