लाओसविरुद्ध नेपाललाई २-० को अग्रता, अनन्त र नवयुगले गरे गोल
प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत दशरथ रंगशालामा जारी लाओससँगको खेलमा नेपालले २-० को अग्रता लिएको छ ।
३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले गोललाइनबाट सानदार हेडरमार्फत गोल गरेका हुन् ।
यस्तै ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ३५ यार्ड टाढाबाट हाफ भलीमा सानदार अर्को गोल गरेर नेपालको अग्रता २-० बनाए ।
नेपाली राष्ट्रिय टिमबाट सनिस श्रेष्ठले डेब्यु गरेका छन् ।
८ चैत २०७९, बुधवार १९:३१ बजे प्रकाशित































