punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा उपचाररत बिरामीको मृत्यु, चिकित्सकले लापरबाही गरेको आफन्तको आरोप

Chaupati
safha napa

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएको छ। चुरे गाउँपालिका ३ की ३७ वर्षीया झरना थापा मगरको आज बिहान अस्पतालमा मृत्यु भएको हो।

पाठेघरको समस्या भएकी मगरको शल्यक्रिया भएपछि मृत्यु भएको बताइएको छ । पाठेघरमा मासु पलाएको समस्या लिएर उनी अस्पताल आएकी थिइन् ।

No description available.

आफन्तका अनुसार बिरामीको पाठेघरमा मासु पलाएको भनेर भनेको चैत २ गते शल्यक्रियाको मिति छ भनेर अस्पतालले जानकारी दिएको थियो। तर, हिजो मात्रै शल्यक्रियाका गरिएको थियो। हिजो राति डेढ बजे शल्यक्रिया भएर बिरामीलाई आइसियुमा राखेको जानकारी आएको तर फेरि बिहान मृत्यु भएको भनेर जानकारी गराइएको मृतकका भिनाजु ठक्कर रानाले बताए।

No description available.

अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान गएको उनको आरोप छ। उनले भने, सामान्य अवस्था भएको बिरामीको कसरी मृत्यु भयोरु त्यसको कारण अस्पताल र चिकित्सकहरूले दिनुपर्छ। हामीलाई लगातार रगत ल्याउन मात्रै भनिएको थियो। यसमा अस्पतालले ठूलो लापरबाही गरेको छ। यसको सत्य तथ्य आउनुपर्छ

No description available.


४ चैत २०७९, शनिवार ११:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु