punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुढीगंगामा नि:शुल्क स्वास्थ्य शिविर, ४ हजारभन्दा बढीले लिए सेवा

Chaupati
safha napa

बुढिगंगा नगरपालिकामा निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा सेवा लिन आएका १९ जना महिलामा स्त्रीरोग तथा पाठेघर सम्बन्धि समस्य देखा परेको बुढिगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले बताए।

शाहले भने, १९ जना महिलामध्ये ११ जना महिलाको अप्रेसन नै गर्नु पर्ने समस्य देखा परेको छ।

निस्शुल्क विशषेज्ञ शिविरबाट ४ हजार ८९१ जनाले सेवा लिएका छन्। फागुन १ र २ गते संचालन भएको शिविरमा ३ हजार १०३ जनाले प्रत्यक्ष पुर्जी काटेर उपचार गराएका छन भने १ हजार ७८८ जनाले परामर्श सहितको सेवा लिएको शाहले बताए।

नगरपालिकाले विपन्न समुदायलाई लक्षित गरी बुढिगंगा बडिमालिका त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका स्थानीयलाई सेवा दिने गरी निस्शुल्क विशषेज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको बुढिगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताए।

अति गरिब तथा विपन्न परिवारलाई लक्षित गरेर सञ्चालन गरिएको शिविरमा नागरिकको उल्लेख्य सहभागिता रहेको नगर प्रमुख बाँनियाले बताए।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय दिपायल डोटीसँगको समन्वयमा बुढिगंगा नगरपालिकाले शिविर सञ्चालन गररेको हो। शिविरलाई नेपालगन्ज मेडिकल कजेलका १० जना वरिष्ठ चिकित्सकसहितका ४० जनाभन्दा बढी स्वास्थ्यकर्मीले सेवा दिएका थिए।

शिविरमा उपचार गराएका मध्ये ११९ जनालाई रिफर गरिएको छ। आँखाको अप्रेशनका लागि १०४ जना विरामीको पहिचान गरिएको छ। आँखाका बिरामीको अप्रेसनसहित हुनेगरी नगरपालिकाले सम्झौता गरिसकेकोले चाडो नै नगरपालिकामै उपचार हुने नगरप्रमुख बाँनियाले बताए।


३ चैत २०७९, शुक्रवार १६:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु