सुखड -भजनीको मुख्य सडक कालोपत्रे गर्न नगर प्रमुख लगायतलाई ज्ञापन पत्र
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका स्थिति सुखड भजनी रोड कालोपत्रे गर्न ज्ञापन पत्र बुझाइएको छ ।
आज सुखडको मुख्य सडकबाट दक्षिण तर्फको करिब ३ सय मिटर कालोपत्रे गर्न घोडाघोडी नगरपालिकाका मेयर खडक रावत लगायतलाई ज्ञापन पत्र बुझाइएको हो ।
लामो समय देखी यहाँ सडक कालोपत्रे नहुँदा स्थानीयलाई सास्ती छ । पानी पर्दा हिलो र धाम लाग्ला धुलोले समस्या भएको भन्दै व्यापारीहरूले तत्काल कालोपत्रेको माग गरेका हुन् ।
उनीहरुले मेयर रावत सहित वडा नम्बर १ को कार्यालय र इलाका प्रहरी कार्यालय सुखडमा पनि ज्ञापन पत्र बुझाइएको हो ।
सुखड बजारको मुख्य सडक तर्फबाट दक्षिण तर्फ करिब ३ सय मिटर भन्दा अघि सडक कालोपत्रे छ । तर, मुख्य सडक कालोपत्रे नहुँदा उक्त सडक आसपासका व्यापारी सबै भन्दा बढि मारमा छन् ।



२८ फागुन २०७९, आइतवार १४:५० बजे प्रकाशित































