punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा छोराको मृत्यु बुवा घाइते

Chaupati
safha napa

कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जना किशोरको मृत्यु भएको छ ।जिल्लाको भीमदत्त नगरपालिका–१० तिल्केनीमा शनिबार से।६ प २६६४ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा त्यसमा सवार १४ वर्षीय आयुष केशीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भारतको भोजिपुरास्थित अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए ।
स्कुटरमा सवार पदम केसी घाइते छन् । उनी मृतक आयुषका बुवा हुन् । उनको महेन्द्रनगरमा उपचार भइरहेको छ । आयुष महेन्द्रनगर नमुना माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत थिए ।


२८ फागुन २०७९, आइतवार १४:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु