punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपराष्ट्रपतिमा चारैजनाको उम्मेदवारी कायम

Chaupati
safha napa

उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत चारैजनाको उम्मेदवारी कायम भएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीमाथी जाँचबुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले भर्खरैमात्र उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।

उपराष्ट्रपतिमा सत्तारुढ दलकै गठबन्धनबाट रामसहायप्रसाद यादव, ममता झा र प्रमिला कुमारी गरेर तीनजना र नेकपा एमालेको तर्फबाट एकजना अष्टलक्ष्मी शाक्य गरेर चारजनाको उम्मेदवारी परेकोमा चारैजनाको उम्मेदवारी कायम भएको निवाचन अधिकृतको कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

यसअघि शनिबार जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादविरुद्ध उजुरी परेको थियो । उजुरीमाथि जाँचबुझ गर्दै निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी पनि कायम गरेको छ । १० दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवको उम्मेदवारी दर्ता भएको थियो ।

जसपाले प्रमिला यादवको उम्मेदवारी फिर्ता गराउने बताएको छ ।

 

 


२८ फागुन २०७९, आइतवार १४:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु