punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लिजेन्ड्स लिगमा पारसकाे ब्याटिङ: २ बलमा ३ रन हानेर नटआउट

Chaupati
safha napa

काठमाडौं। लिजेन्ड्स लिग क्रिकेट मास्टर्सको पहिलो म्याचमा एसिया लायन्सले इन्डिया महाराजाजलाई १६६ रनको लक्ष्य दिएको छ । एसिया लायन्सका लागि पाकिस्तानी ब्याट्सम्यान मिसवाह उल हकले ७३ रन बनाए ।

टस जितेर ब्याटिङ रोजेको एसियाले खराब सुरूवात गरेको थियो । १८ रनमा दुई विकेट गुमाएपछि मिसवाहले उपुल थरंगासँग सतकीय साझेदारी गरे । पटक पटक जीवनदान पाएका थरंगा ३९ बलमा ४० रन बनाएर आउट भए । अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् ।

एसिया लायन्सबाट नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले पनि खेलेका छन् । आजको म्याचमा आठौं नम्बरमा आएका उनले २ बल मात्र खेल्न पाए । पारसले स्टुअर्ट बिन्नीले फ्याँकेको अन्तिम ओेभरको चौंथो बलमा १ रन र छैटौं बलमा दुई रन लिएर नटआउट रहेका छन् ।


२७ फागुन २०७९, शनिवार ०७:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु