punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

श्री एयरलाइन्सले आजदेखि नियमित उडान गर्ने

Chaupati
safha napa

श्री एयरलाइन्सले शनिबारदेखि नियमित उडान गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले शुक्रबार बिहान श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडानमा प्रतिबन्ध लगाएको थियो ।

प्राधिकरणका प्राविधिकबाट जहाजको प्राविधिक सुरक्षा जाँचपछि क्यानले उडान प्रतिबन्ध फुकुवा गरेको हो। श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राधिकरणबाट पुनः उडान अनुमति पाएसँगै आजदेखि नियमित उडान सञ्चालन गर्ने जानकारी दिए।

व्यवस्थापक मानन्धरका अनुसार प्राधिकरणको विज्ञ टोलीले उडानमा रहेका श्रीका सबै जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति र प्रशासनिक क्षमतासमेतको अध्ययन गरेको छ।

बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको इन्जिनमा आगो लाग्ने संकेत देखिएपछि पुनः त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो।

 


२७ फागुन २०७९, शनिवार ०७:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु