punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष भट्टमाथि कार्यकक्षमै हातपात, एक जना पक्राउ

Chaupati
safha napa

कैलाली । बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टमाथि कार्यकक्षमै हातपात भएको छ ।
पञ्चेश्वर गाउँपालिका–३ का दीपकबहादुर चन्दले रक्सीले मातेर शुक्रबार कार्यकक्षमा प्रवेश गरेर उनी माथि हातपात र दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले चन्दलाई पक्राउ गरिएको जनाए ।
‘मदिरा सेवन गरेर चन्द आफ्नो कार्यकक्षमा प्रवेश गर्दै आफूमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै उपाध्यक्ष ज्यूले निवेदन दिएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको छ,’ जोशीले भने, ‘घटनाबारे थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउँछौँ ।’

उपाध्यक्ष भट्टले चन्दविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा अभद्र व्यवहारको मुद्दा दर्ता गरेकी छन् ।


२६ फागुन २०७९, शुक्रवार २०:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु