punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्डविरुद्धको रिटमा सुनुवाइ सकियो, कारण देखाऊ, रिट खारेजी वा अन्तरिम आदेश आजै आउने

Chaupati
safha napa

प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।

न्यायाधीश ईश्वप्रसाद खतिवडाको इजलासमा रिट निवेदक पक्षको प्रारम्भिक बहस सकिएको हो । शुरूमा रिट निवेदक पक्षले मात्र बहस गर्न पाउँछन् ।

बहसमा सहभागी वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले ुकन्फ्लिक्ट अफ इन्ट्रेस्टुको विषय भएकाले प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताए ।

ुप्रहरीमा दर्ता भएर अनुसन्धान गर्नुपर्ने विषय छ । उहाँ ९प्रचण्ड० आफैं प्रधानमन्त्री र गृहमन्त्री समेत हुनुहुन्छ । त्यसो हुँदा मुद्दाको अनुसन्धानमा असर पर्छ । उहाँले मार्गप्रशस्त गर्नुपर्छ,ु वरिष्ठ अधिवक्ता श्रेष्ठले भने ।

उनले यसो भनिरहँदा न्यायाधीश खतिवडा हाँसेका थिए, तर कुनै प्रतिक्रिया दिएनन् ।

अर्का वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले यो विषयलाई संवैधानिक इजलासमा लैजान माग गरे ।

जवाफमा न्यायाधीश खतिवडाले आवश्यक परे ु१० जनाको लार्जर बेन्चुमै पनि लैजान सकिने बताए ।

यस रिटमाथि वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, शिवकुमार यादव तथा निवेदक अधिवक्ता ज्ञानेन्द्र आरणले पनि बहस गरे ।

प्रहरी कार्यालयहरूमा जाँदा जाहेरी लिन नमानेकाले कम्तीमा जाहेरी दर्ता भएर अनुसन्धान होस् भन्ने आफूहरूको माग रहेको उनीहरूले बताएका थिए ।

सुनुवाइ सकिएपछि अहिले खाजा ब्रेक भएको छ ।

यस रिटका सम्बन्धमा कारण देखाऊ, रिट खारेजी वा अन्तरिम आदेश आजै आउनेछ ।


२६ फागुन २०७९, शुक्रवार १३:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु