punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिलो सातामै ‘छक्कापञ्जा ४’ले कमायो ८ करोड

Chaupati
safha napa

गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा पहिलो सातामै झन्डै ८ करोड कमाइ गरेको छ।

फिल्मले औसत दैनिक एक करोड हाराहारी कमाइ गरेको बक्स अफिस तथ्यांकले देखाएको छ।

चितवनबाट मात्रै फिल्मले एक करोड कमाइ गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ। उक्त फिल्मले काठमाडौं उपत्यकाबाहिर समेत राम्रो व्यापार गरिरहेको छ।

छक्कापञ्जाका अघिल्ला तीनै श्रृंखलाले घरेलु बक्स अफिसमा दुई अंकको आम्दानी गरेका छन्।

हेमराज बिसीले निर्देशन गरेको फिल्मको कथा दीपकराज गिरीले लेखेका हुन्। आमा सरस्वती मुभिज र आईएमईको प्रस्तुतिमा निर्माण भएको फिल्म नरेन्द्र मैनालीले छायांकन तथा निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, वेदना राईलगायत कलाकारले अभिनय गरेका छन्।


२६ फागुन २०७९, शुक्रवार १३:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु