punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ सुरु

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ सुरु भएको छ।

प्रचण्डविरुद्ध दायर रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा अहिले सुनुवाइ भइरहेको छ।

यसअघि उक्त रिट दर्ता गर्न पनि खतिवडासहितको इजलासले नै आदेश दिएको थियो।

सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको रिट दर्ता गर्न न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुँयालको संयुक्त इजलासले आदेश दिएको थियो।

यसअघि बिहीबार उक्त मुद्दा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा पेसी तोकिएको थियो। तर उनको एकल इजलास नबस्दा सुनुवाइ भएको थिएन।

लगत्तै आजका लागि खतिवडाको इजलासमा पेसी तोकी सुनुवाइ थालिएको हो।

प्रचण्डविरुद्ध द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरनसहित र चिरञ्जीवीवास गिरीसहितले छुट्टाछुट्टै रिट निवेदन दिएका छन्।

निवेदनमा प्रचण्डले दिएको अभिव्यक्तिका आधारमा उनलाई पक्राउ गरेर ज्यान मुद्दाको कसुरमा कारबाही गर्न माग गरिएको छ।

प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार जनामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएका थिए। सोही आधारमा उनीविरुद्ध मुद्दा हालिएको हो।

 


२६ फागुन २०७९, शुक्रवार १३:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु