punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

Chaupati
safha napa

नागरिक उन्मुक्ति पार्टीले अध्यक्षसमेत रहेकी प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मदेवार बनाउने निर्णय गरेको छ ।

शुक्रबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम चौधरीले  जानकारी दिए ।

बैठकको निर्णयबारे जानकारी दिँदै उनले भने, ुआज बिहान बसेको संसदीय दलको बैठकले अध्यक्षज्यूलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । हामीले अहिले पार्टीले निर्णय गरेका हौँ । अब गठबन्धनमा छलफल गर्छौं ।ु

सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले बाराका सांसद रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको छ । तर उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीले पनि उम्मेदवार उठाउने भएपछि भने यो उम्मेदवार छनोट पेचिलो बनेको छ ।

यसअघि शुक्रबार बिहान बसेको माओवादी धाराका दलहरूको बैठकमा फरक समुदायबाट महिला उपराष्ट्रपति उम्मेदवार बनाउन सुझाव आएको थियो । शुक्रबार नै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि उपराष्ट्रपतिमा कुन पार्टीलाई दिने भन्ने औपचारिक निर्णय नभइसकेको बताएका थिए ।

निर्वाचन आयोगले राष्ट्रपतिमा खस(आर्य समुदायका पुरुष निर्वाचित भइसकेकाले अब योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने भएकाले त्यहीअनुसार उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।


२६ फागुन २०७९, शुक्रवार १२:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु