काँग्रेस–एमाले गठबन्धन बन्ने एमाले अध्यक्षको सङ्केत
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आजको राष्ट्रपति निर्वाचनपछि नयाँ राजनीतिक समीकरण हुन सक्ने आकलन गरेका छन्। हालको गठबन्धनको सट्टा नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बन्न सक्ने तर्फ उनको सङ्केत छ ।
राष्ट्रपतिको निर्वाचनको क्रममा उनले भने,, ‘राजनीतिमा जे पनि सम्भव छ ।’ काँग्रेस र एमालेले राजनीतिमा एकै ठाउँमा नआउने कसम कहिल्यै नखाएको उनको भनाइ थियो ।
तेस्रो राष्ट्रपतिको निर्वाचनको क्रममा उनले पहिलेका दुबै जनाले उल्लेखनीय कार्य गरेको उल्लेख गरे।
२५ फागुन २०७९, बिहीवार १७:३५ बजे प्रकाशित































