punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भिरबाट लडेर बाजुरामा ६ वर्षीया बालिकाको मृत्यु

Chaupati
safha napa

भिरबाट लडेर बाजुरामा एक बालिकाको मृत्यु भएको छ। बिद्यालय जाने क्रममा भिरबाट लडेर बालिकाको मृत्यु भएको हो। प्रहरीका अनुसार बडीमालिका नगरपालिका–६ कोर्ध फडील्लाकी ६ वर्षीया कमला बडुवालको आज बिहान लडेर मृत्यु भएको हो।

उनी सोही वडामा रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा कक्षा १ मा अध्ययनरत थिइन्। बिद्यालय गाउँबाट टाढा हुँदा बिहान ९ बजे घरबाट हिडेकी थिइन्। कमला घर नजिकै रहेको ढागीलोटा भन्ने ठाउँमा बाटो अप्ठ्यारो हुँदा खुट्टा चिप्लिदा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

 


२५ फागुन २०७९, बिहीवार १७:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु