punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पीएनजीमाथि नेपालको ५२ रनको जित, वर्ल्डकप क्वालिफायरमा छनाेट हुने सम्भावना कायमै

Chaupati
safha napa

नेपालमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्यूगिनी ९पीएनजी० लाई ५२ रनले हराएको छ । २९८ रनको लक्ष्य पछ्याएको पीएनजीले ४७।१ ओभरमा सबै विकेट गुमाएर २४५ रन मात्रै बनाउन सफल भएको थियो ।

पीएनजीका लागि नोरमान भनुआले सर्वाधिक ६० रनको योगदान गरे । यस्तै टोनी उराले ५०, कप्तान आसाद भालाले ४९, किपलिन डोरिगोले २६, चल्र्स अमिनीले १४, रिले हिकुरेले २०, हिरि हिरिले ८, एली नाओले २, सिसे बाउले २, सेमो कमियाले ५ रन बनाएका थिए ।

पीएनजीलाई २४५ रनमा समेटन नेपालका सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरिले २, कुशल मल्लले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटीङ गरेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको थियो ।

२९८ रनको लक्ष्य तयार गर्न नेपालका लागि ओपनर ब्याटर आशिफ शेखले शतकिय पारी खेलेका थिए । उनले ११० बलमा २ छक्का र १२ चौका हान्दै ११० रन बनाएका हुन् । यस्तै कुशल भूर्तेलले ४५, भिम सार्कीले ४४, रोहित पौडेलले ३०, आरिफ शेखले १५, ज्ञानेन्द्र मल्लले ११, करण केसीले ८, सन्दिप लामिछानेले ७, सोपपाल कामीले ४, र कुशल मल्लले २ रन बनाएका थिए ।

पीएनजीका लागि सेमो कमियाले सर्वाधिक ५ विकेट लिए । कमियाले ९.१ ओभरमा ३८ रन खर्चिएर ५ विकेट लिएका हुन् । रिले हिकुरीले ३ विकेट लिए । १० ओभर बलिङ गरेका हिकुरेले ५० रन खर्चिएर ३ विकेट लिएका हुन् । यस्तै एली नाओले १ विकेट लिएका छन् ।

नेपालले लिग–२ अन्तर्गतको अन्तिम सेरिजमा ३ खेल खेल्न बाँकी छ । बाँकी रहेका सबै खेल जिते समूहमा तेस्रो हुँदै वल्र्डकप क्वालिफायरमा पुग्नेछ । अब एक खेल मात्रै जिते नेपालले आफ्नो ओडिआइ मान्यता कायम राख्ने छ ।

 


२५ फागुन २०७९, बिहीवार १७:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु