punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बङ्लादेशमा अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको ज्यान गयो, ३० जनाभन्दा धेरै घाइते

Chaupati
safha napa

बङ्लादेशको दक्षिणपूर्वी सीताकुण्ड क्षेत्रमा एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । ३० जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

राजधानी ढाकाबाट झण्डै २ सय २० किलोमिटर टाढा सीताकुण्डमा अक्सिजन प्लान्टमा हिजो बेलुका विस्फोट भएको हो । यो विस्फोटको आवाज दुई किलोमिटर टाढासम्म सुनिएको प्रत्यक्षदर्शीलाई उद्धृत गरी समाचार संस्था रोयटर्सले जनाएको छ ।

अग्नि नियन्त्रक टोलीले गएराति नै आगो निभाएका छन् । अघिल्लो वर्ष जुनमा पनि बङ्लादेशको एक अक्सिजन प्लान्ट नजिक कन्टेनर डिपोमा विस्फोट हुँदा ५० जनाको ज्यान गएको थियो । झण्डै दुई सय जना घाइते भएका थिए।


२१ फागुन २०७९, आइतवार ०९:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु