punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘पठान’ को कीर्तिमानी व्यवसाय

Chaupati
safha napa

शाहरुख खानको पछिल्लो फिल्म ‘पठान’ १ हजार २६ करोड भारतीय रुपैयाँ संकलन गरेको छ ।

गत जनवरी २५ देखि प्रदर्शनमा आएको पठानले हिन्दी फिल्मकै इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर कीर्तिमान कायम गरेको हो ।

यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले बनाएको हजार करोडभन्दा माथिको कीर्तिमानलाई तोड्दै बलिउडको पठानले सबैभन्दा बढी रकम संकलन गर्ने नयाँ कीर्तिमान कायम गरेको हो ।

यो फिल्ममा शाहरुख खानसंगै दीपिका पादुकोण तथा जोन अब्राहम मुख्य भूमिकामा छन् ।

बाइकट बलिउड ट्रेण्डलाई परास्त गर्दै पठानले कीर्तिमानी कलेक्सन कायम गरेपछि बलिउडमा उत्साह छाएको छ । दक्षिणी फिल्महरुले भारतमा कब्जा जमाउन थालेपछि चिन्तित बलिउडकर्मीलाई पठानको कीर्तिमानी आम्दानीसँगै साहस बढेको समीक्षकहरुको टिप्पणी छ ।


२१ फागुन २०७९, आइतवार ०९:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु