सलह किन्न पाँच लाख बजेट
झापा, असार २७ । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए।
नगरपालिकाले सलह समातेर ल्याउनेलाई प्रतिकेजी एक सय दिने योजना ल्याएका उनले बताए । उनकाअनुसार खरिद गरिएको सलह किरा नगरको कृषि शाखाले प्रतिकेजी ५० रुपैयाँका दरले पशु आहारका लागि दाना उद्योगलाई दिने निर्णय गरेको छ ।
२७ असार २०७७, शनिवार ०३:०८ बजे प्रकाशित






























