punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाढीपहिरोले एकै दिन २३ जनाको मृत्यु, ३६ बेपत्ता

Chaupati
safha napa

काठमाडौं, असार २७ । मनसुन सक्रिय भएपछि वर्षासंगैको बाढीपहिरोका कारण देशभरमा गरेर एकै दिन २३ जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार बाढी पहिरोमा परेर २६ जना घाइते भएका छन् ।

बाढीपहिरोका कारण कास्की, म्याग्दी, लमजुङ, रुकुम पश्चिम, तनहुँ, जाजरकोट, दोलखा र गुल्मी बढी प्रभावित भएका छन् । पीडितहरूले उद्धार र राहत प्रभावकारी नभएको गुनासो गरेका छन् ।

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भइरहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । उनकाअनुसार अबका चार दिन अझै सतर्कता अपनाउनुपर्छ ।

विशेषगरी प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविद्को अनुमान छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


२७ असार २०७७, शनिवार ०३:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु