punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका मुख्यमन्त्री र भौतिक मन्त्रीसँग नाट्टाका पदाधिकारीको भेट, पर्यटनका गतिविधि बढाउन सुझाव

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवासँग नेपाल एसोसिएसन आफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)का पदाधिकारीले भेट गरेका छन् ।

मुख्यमन्त्री कार्यालयमा पुगेर मुख्यमन्त्रीलाई तथा भौतिक मन्त्रालयमा पुगेर भौतिक मन्त्रीलाई नाट्टाका पदाधिकारीहरू स्वागत तथा सम्मान गरेका थिए । नाट्टाका संस्थापक अध्यक्ष मायाप्रकाश भट्ट नाट्टा सुदूरपश्चिम प्रदेश अध्यक्ष पदम विक्रम सिंह,उपाध्यक्ष धनञ्जय जैसी, महासचिव शिवहरि पाण्डेय, सदस्य विक्रम ठकुल्ला लगायतले मुख्यमन्त्री र भौतिक मन्त्रीलाई भेटेका थिए । त्यस क्रममा उनीहरुले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनमा सरकार अझै गम्भीर बन्नु पर्ने बताएका थिए ।

May be an image of 6 people, people sitting, people standing and indoor

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र खप्तड राष्ट्रिय निकुञ्ज मा पर्यटक भित्राउन पहल गर्न उनीहरुले सरकारलाई सुझाव दिएका थिए ।
प्रदेशको सबै भन्दा महत्त्वपूर्ण बिषय पर्यटन रहेको भन्दै त्यसलाई प्राथमिकता दिन पनि नाट्टाका पदाधिकारीले मुख्यमन्त्री तथा भौतिक मन्त्रीलाई सुझाव दिएका थिए । यहाँ पर्यटन प्रवर्द्धन गर्न नीतिगत समस्या रहेको उल्लेख गर्दै त्यसलाई सरकारले सुधार गर्नु पर्ने नाट्टाका पदाधिकारीहरूको जोड थियो ।

  1. मुख्यमन्त्री शाहले नाट्टाको सुझावलाई मनन् गर्दै पर्यटन मार्फत प्रदेशको विकास गर्ने र नीतिगत रुपमा समस्याको हल गर्ने बताए । राज काँडामा केवल कार सञ्चालनमा पनि मुख्यमन्त्री शाहले चासो व्यक्त गरेका थिए ।
    भौतिक मन्त्री देउवाले नाट्टाको सुझाव अनुसार अघि बढ्ने बताए ।

१६ फागुन २०७९, मंगलवार २०:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु