punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जय महाकाली विद्युत सहकारीको अध्यक्षमा बम निर्वाचित

Chaupati
safha napa

बौनिया स्थित जय महाकाली ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको अध्यक्षमा हिक्मत बम निर्वाचित भएका छन् ।
अध्यक्ष पदमा सहमति नजुटे निर्वाचन भएको थियो । तीन कार्यकाल अध्यक्ष रहेका हिक्मत बम २ सय ८९ मत ल्याई पुन विजयी भए ।
बमले निकटतम प्रतिस्पर्धी मदन राज ढुङ्गाना लाई ९६ मतान्तरले पराजित गरे । ढुङ्गानाले १ सय ९३ मत पाएका थिए ।
बिहान ८ बजे बाट सुरु भएको मतदानमा ४ सय ८४ मत खसेको थियो । जय महाकाली ग्रामीण विद्युतमा ९०३ शेयर सदस्य मतदाता रहेका छन् ।
यसै गरि उक्त सहकारीमा उपाध्यक्षमा सन्तलाल थारु, कोषाध्यक्षमा कुसुम देवी चौधरी र सचिवमा दिलिप ढुङ्गाना सहित ५ सदस्यहरू यस अघि नै सर्वसम्मत भइसकेका छन् ।


१६ फागुन २०७९, मंगलवार २३:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु