punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

२१ गते विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाह

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले २१ गते विश्वासको मत लिने तयारीमा लागेका छन्। आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सत्ता गठबन्धन दलका नेताहरूसँग उनले विश्वासको मत लिने बिषयमा सामान्य छलफल गरेका थिए ।

माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री शाहले ३० दिन भित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । अहिले सम्म उनले विश्वासको मत लिने बिषयमा ठोस निर्णय गर्न सकेका छैनन् ।

मुख्यमन्त्रीमा शाह सुरक्षित रहेपनि केन्द्रबाट निर्देशन नआएको हुँदा उनले विश्वासको मत लिने मिति निर्धारण गर्न नसकेका हुन् । तर, आज भने उनले २१ गते विश्वासको मत लिने आशय व्यक्त गरेको छलफलमा रहेका एक सांसदले बताए ।

राष्ट्रपतिमा पौडेललाई जिताउन धनगढीमा १९ गते सत्ता गठबन्धनका सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ त्यसको संयोजन मुख्यमन्त्री आफैले गर्ने भएका छन् । सोही बिषयमा बोलाइएको छलफलमा उनले २१ गते विश्वासको मत लिने बिषयमा चर्चा गरेका हुन् ।
‘अहिले सम्म पत्र तयार भएको छैन तर, मुख्यमन्त्री ज्यूले २१ गते विश्वासको मत लिने आशय व्यक्त गर्नु भएको छ’ ती सांसदले भने ‘एक दुई दिनमा बल्ल मिति निश्चित हुन्छ ।’

विश्वासको मत लिनु भन्दा २ दिन अघि प्रदेश सभा सचिवालयमा दर्ता गर्नुपर्ने प्रदेश सभा नियमावलीमा उल्लेख । सोही अनुसार एक दुई दिनमा प्रदेश सभामा पत्र पठाउने तयारी भइरहेको छ ।

केन्द्रमा फेरिएको समीकरणले मुख्यमन्त्री शाहले सुविधाजनक बहुमत पाउने निश्चित छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १९, माओवादीका सभामुख सहित ११ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने अवस्थामा शाहले दुई तिहाइ मत पाउन सक्छन् ।


१६ फागुन २०७९, मंगलवार १९:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु