punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा एसले संघमा कति पाउला मन्त्रालय ? सुदूरपश्चिमका जोशी र आले पनि मन्त्रीको दौडमा

Chaupati
safha napa

कैलाली । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने नेताहरूका बिषयमा छलफल सुरु गरेको छ ।
नेकपा एमालेले सरकार छाडेसँगै आठ दलीय गठबन्धनबाट मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको बेला गठबन्धनको चौथो ठूलो दल नेकपा एसले पनि सरकारमा सहभागी हुने बिषयमा पार्टी भित्र छलफल सुरु गरेको हो ।

प्रधानमन्त्रीले राष्ट्रपति चुनावअघि नै संसदबाट विश्वासको मत लिने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहे पनि शीर्ष बैठकमा छलफल हुन बाँकी छ । गठबन्धन दलहरूबिच मन्त्रालयको संख्या बाँडफाँटमा अनौपचारिक कुराकानी भइसकेको छ ।
आज भोलिमै विश्वासको मत लिने तथा सरकारमा अन्य दल सहभागी हुनेबारे गठबन्धनको बैठक बोलाएर छलफल गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
एमालेले यसअघि सम्हालेको अर्थ मन्त्रालय कांग्रेसले पाउँदा गृह मन्त्रालय प्रधानमन्त्रीको दलले नै राख्ने प्रयास भइरहेको बेला नेकपा एसले पनि गृहमा दाबी गर्ने भएको हो । नेकपा एसका एक नेताले राष्ट्रपतिको अफर त्यागेर कांग्रेसलाई सघाएकाले गृहमा आफूहरूको स्वाभाविक दाबी रहने बताए ।
गठबन्धनमा आकारका हिसाबले ८८ सिटको कांग्रेसपछि ३२ सिटको माओवादी दोस्रो छ । तेस्रो जसपाको १२ र चौथो नेकपा एसको १० सिट छ भने जनमतको ६ सिट छ । लोसपा र नागरिक उन्मुक्ति चार चार सिटसहित छन् भने राजमोको एक सिट छ ।
गृह दाबी गरेको नेकपा एसबाट सो मन्त्रालयको प्रमुख दाबेदार उपमहासचिव प्रकाश ज्वाला देखिएका छन् । यद्यपि संसदीय दलका उपनेता राजेन्द्र पाण्डेको पनि दाबी हुने देखिन्छ । अहिले पाण्डे उपनेता र ज्वाला प्रमुख सचेतक छन् ।
नेकपा एसबाट चुनाव जितेका माधव नेपालबाहेक अरू ९ जना सांसद नै मन्त्रीका दाबेदार छन् । यसपटक नेकपा एसले बढीमा ३ मन्त्रालय पाउने सम्भावना छ । नत्र एक राज्यमन्त्रीसहित २ मन्त्रालयमा चित्त बुझाउनुपर्ने अवस्था छ ।
नेकपा एसबाट यसपटक भानुभक्त जोशी, प्रकाश ज्वाला मन्त्रीका प्रमुख दाबेदार देखिएका छन् । धनबहादुर बुढा यसअघि नेकपा एमाले विभाजनमा साथ दिएर पनि मन्त्री बन्न नपाएका सांसद हुन् । उनी यसपटक पनि डोल्पाबाट निर्वाचित भएर आएका छन् ।
त्यस्तै पछिल्लो समय केपी ओली र माधव नेपालको वार्ता गराउन भूमिका खेलेका किसान श्रेष्ठ र पूर्व पर्यटन मन्त्री प्रेम आलेले पनि मन्त्रीमा सशक्त दाबी गरेका छन् ।


१६ फागुन २०७९, मंगलवार १४:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु