धनगढीमा सुरु भयो सूचना प्रविधि प्रदर्शनी (तस्बिरहरू)
कैलालीको धनगढीमा आजबाट सूचना प्रविधि प्रदर्शनी (क्यान इन्फोटेक २०७९) सुरु भएको छ ।
कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा आजबाट सुरु भएको मेला २० गतेसम्म जारी रहने छ । धनगढी स्थित सोराइ ब्यांक्वेटमा सूचना प्रविधिको प्रदर्शनी भइरहेको छ ।
आज एक कार्यक्रमका बिच प्रमुख देवराज जोशीले प्रदर्शनी उद्घाटन गरेका थिए ।
सूचना प्रविधिको बारेमा जानकारी दिन, नवीनतम प्राविधिक सामग्रीको प्रदर्शनी र साइबर सेक्युरिटी सम्बन्धी जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष यज्ञराज ओझाले जानकारी दिए । । यहाँ ७० स्टल रहेका छन् ।











१६ फागुन २०७९, मंगलवार १४:२९ बजे प्रकाशित






























