punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि सुनुवाइ हुने

Chaupati
safha napa

सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा सोमबार पनि सुनुवाई हुने भएको छ। आइतबार सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

आइतबार सरकारी वकिल र पीडितका वकिलको बहस सकिएको छ। तर सन्दीप पक्षको बहस नसकिएपछि सोमबार पनि सुनुवाई हुने भएको हो।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा पेशी तोकिएको छ। भोलि पनि यही इजलासमा सुनुवाई हुनेछ।

सन्दीपको तर्फबाट आइतबार वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल र मुरारी सापकोटाले बहस गरेका छन्।

सोमबार सरोजकृष्ण घिमिरे, रमनकुमार श्रेष्ठ र रोशनी घिमिरेले बहस गर्ने तयारी छ।

सन्दीप लामिछानेले आफू विदेश जान पाउनु पर्ने माग गर्दै निवेदन दिएका छन्। उच्च सरकारी वकिल कार्यालयले भने सन्दीपलाई थुनामै राखेर मुद्दाको अन्तिम टुंगो लगाउन माग गरेको छ। यी दुवै निवेदनको सँगै राखेर सुनुवाई भइरहेको हो। ।

यसअघि शुक्रबार सन्दीपको रिटमा सुनुवाइ भएपनि विदेश जाने अनुमति बारे निर्णय भएको थिएन। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पीडितको तर्फबाट पनि रिट परेकाले सँगै राखेर हेर्ने र सन्दीपको निवेदन तत्काल टुंगो लगाउनु पर्ने देखिएकाले अग्राधिकार दिने आदेश गरेको थियो।

उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध दुवै पक्ष सर्वोच्चमा पुगेका हुन्।

सन्दीपले विदेश जान लागेको प्रतिबन्ध हटाउन र धरौटी घटाउनसहितका माग गरेका छन्। तर पीडितको तर्फबाट सरकारले भने बलात्कारजस्तो गम्भीर मुद्दाका आरोपीलाई थुनाबाहिर राख्न नपाउने भन्दै थुनामै राखेर मुद्दाको सुनुवाई गर्न माग गरेको छ।

 


१४ फागुन २०७९, आइतवार १७:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु