punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टर्की भूकम्प : कमजोर घर बनाउने ६ सय जनाविरुद्ध अनुसन्धान, मेयरसहित कयौँ पक्राउ

Chaupati
safha napa

टर्किस सरकारले ६ फेब्रुअरीमा आएको शक्तिशाली भूकम्पका कारण अकल्पनीय क्षति भएपछि कारबाही प्रक्रिया तीव्र बनाएको छ।

भूकम्पमा ढलेका भवनलाई लिएर अहिलेसम्म ६ सयभन्दा धेरैविरुद्ध छानबिन अघि बढाइएको हो।

शनिवार मात्रै न्याय मन्त्री बेकिर बोजदागले कमसल भवन बनाउने ठेकेदार र मालिकसमेत १८४ जना शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरिसकिएको छ।

टर्कीमा कयौँ वर्षदेखि विशेषज्ञहरुले भ्रष्टाचार र सरकारी नीतिका कारण कयौँ नयाँ भवन असुरक्षित रहेको चेतावनी दिँदै आएका थिए। तर त्यसतर्फ सरकारले ध्यान नै दिएन।

टर्की र सिरियामा आएको ७।८ म्याग्निच्युडको भूकम्पमा मारिनेको संख्या ५० हजार नाघिसकेको छ।

दुई हप्ताअघि पनि सरकारी अधिकारीहरुले कमसल घर निर्माणमा संलग्न ११३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताएका थिए।

टर्किस सञ्चारमाध्यमका अनुसार गिरफ्तारीमा पर्नेहरुमा एउटा सहरका मेयरसमेत रहेका छन्। जुन सहर भूकम्पबाट सबैभन्दा प्रभावित इलाकानजिकैको हो।

भूकम्पपछि टर्कीभर करिब १६ हजार ठूला भवन ढलेका छन्। अर्कातिर विपक्षी पार्टी र कन्स्ट्रक्सन विज्ञले राष्ट्रपति रेचेप तैय्यप सरकारमाथि कानुन खुकुलो बनाइदिँदा कयौँ भवन ढलेर यति क्षति भएको आरोप लगाएका छन्।


१४ फागुन २०७९, आइतवार १६:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु