punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चर्को ब्याजदर विरुद्ध सुदूरपश्चिममा भोलिबाट चरणबद्ध आन्दोलन (यस्ता छन् आन्दोलनका कार्यक्रम)

Chaupati
safha napa

कैलाली । बैङ्कहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा भोलिबाट चरणबद्ध आन्दोलन गर्ने भएका छन् ।

आज कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा भोलिबाट प्रदेशका सबै जिल्लामा एकै प्रकारको आन्दोलन गर्ने जनाइएको हो ।

भोली देखी बिहान ११ बजे सम्म बजार बन्द गर्ने २० गते सम्म बैङ्कमा बचत नगर्ने लगायतका आन्दोलन गर्ने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले जानकारी दिए ।

‘हामी लामो समय देखी आन्दोलनमा थियौँ सरकारले चासो दिएको छैन’ अध्यक्ष कुवरले भने, ‘अझै समस्याको समाधान नभए कडा आन्दोलन गर्न बाध्य हुनेछौँ । ’ भोली बिहान ९ बजे देखी धनगढी चौराहाबाट आन्दोलन सुरु गर्ने बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए ।

हिजै नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूसँगको समन्वय पछि आन्दोलनका कार्यक्रम तय गरिएको थियो । सोही अनुसार कैलाली जिल्लामा भोलिबाट सुरु हुने आन्दोलनका कार्यक्रमहरू कैलाली उद्योग वाणिज्य सङ्घले आज जानकारी दिएको हो ।
यस्तो छ आन्दोलन

No description available.


१४ फागुन २०७९, आइतवार १५:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु