punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आगलागीमा परेर सिकिस्त भएका अछामका दुई युवालाई हेलिकोप्टरमार्फत् काठमाडौं लगियो

Chaupati
safha napa

आगलागीमा परेर सिकिस्त भएका अछामको पञ्चदेवल विनायक नगरपालिका -८ कोसेडीका दुई जना युवालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको छ ।

फागुन ११ गते घरमा नै आगलागीमा परेपछि कोसेडीका २१ वर्षीय हिमराज रोका मगर र १९ वर्षका पिरम रोका मगर गम्भीर घाइते भएका थिए। जिल्लामा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत अस्पतालमा भर्ना गरिएको थियो।

घाइतेमध्ये हिमराजको शरीरको ८० प्रतिशत भाग जलेको छ भने पिरमको ३६ प्रतिशत जलेको छ। सुर्खेत अस्पतालले समेत उपचार गर्न नसक्ने भएपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान सिफारिस गरेको थियो। त्यसपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष अपील गरेका थिए।

प्रधानमन्त्री कार्यालयले घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितहरूलाई तत्काल अस्पताल पुर्‍याउन निर्देशन दिएपछि गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


१३ फागुन २०७९, शनिवार १८:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु