punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज विश्व रेडियो दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

Chaupati
safha napa

ज विश्व रेडियो दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ। रेडियोको महत्त्व, योगदान र चुनौतीहरूको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ।

नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले विस २००३ सालमा रेडियोको प्रसारण शुरु गरेको थियो। औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ।

अहिले सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या देशभर ९ सय हाराहारी छ भने नियमित प्रसारणमा रहेका रेडियोको संख्या साढे ७ सयभन्दा बढी छ।

निजी क्षेत्रबाट एफ एम रेडियोको प्रसारण भएको २०५२ सालदेखि हो। विभिन्न सञ्चार माध्यमको विकास भएपनि रेडियो अझै सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ।


१ फागुन २०७९, सोमवार ०७:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु