punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ईपीएल: आर्सनल बराबरीमा रोकियो, टोटनहमलाई लेस्टरले ४ गोल हान्यो

Chaupati
safha napa

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डसँग १(१ गोलको बराबरी खेलेको हो ।

६६ औं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाए पनि ७४ औं मिनेटमा इभान टोनीले गोल गर्दै ब्रेन्टफोर्डलाई १(१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी बढाउने मौका गुमाएको छ । आर्सनलको २१ खेलमा ५१ अंक छ ।

गएराती नै भएको अर्को खेलमा लेस्टर सिटीले टोटनहमलाई ४(१ गोलले हराएको छ । १४ ‍औँ मिनेटमा गोल गरेर टोटनहमले अग्रता लिएपनि जोगाउन सकेन लेस्टरले पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल थप्यो । टोटनहम ३९ अंकसहित पाँचौँ स्थानमा र लेस्टर २४ अंकसहित १३औँ स्थानमा छ ।

गएरातीकै अरु खेलमा फुलहमले नटिङघम र उल्भ्सले साउथह्याम्पटनलाई हराए भने ब्राइटन र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् ।


२९ माघ २०७९, आइतवार ०८:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु