punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका मुख्यमन्त्रीले के गरे पहिलो निर्णय ?

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्ने पहिलो निर्णय गरेका छन् ।

पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री शाहले शुक्रबार पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गरेलगत्तै उनले अनियमितता र भ्रष्टाचार हटाउन भ्रष्टाचारविरुद्ध प्रादेशिक कार्ययोजना तर्जुमा समिति गठन गर्ने बताए ।

‘भ्रष्टाचारसम्बन्धी धेरै कुराहरु बाहिर आएका छन् । त्यसैले भ्रष्टाचार कसरी नियन्त्रण गर्ने र यसको न्यूनीकरण कसरी गर्ने भन्ने सम्बन्धमा आज निर्णय गरेका छौं, यसबारे समिति बनाएका छौं, यो समितिले प्रतिवेदन पेस गर्नेछ । त्यही प्रतिवेदनको आधारमा थप कार्ययोजना लागू गर्नेछौं’, मुख्यमन्त्री शाहले भने ।

 


२७ माघ २०७९, शुक्रवार १८:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु