punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुख्खा बन्दरगाह निर्माण अघि बढ्छ,तीन वर्षमा सकिन्छ : उद्योग मन्त्री भण्डारी

Chaupati
safha napa

कैलाली । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मुलुकबाहिर रहेका ५० लाख युवाहरूलाई स्वदेशमै फर्काउने वातावरण सरकारले बनाइरहेको बताएका छन् ।
कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री भण्डारीले सरकारले रोजगारी सृजना गर्ने र मुलुक बाहिरका ५० लाख युवाहरूलाई नेपाल फर्काउने योजना सरकारको रहेको बताए ।
उनले व्यापार घाटा घटाउन पनि सरकार लागिपरेको छ । ‘व्यापार घाटा बढिरहेको छ । ५० लाख दक्ष जनशक्ति विदेश छन् । उनीहरूलाई फर्काउनु छ’ मन्त्री भण्डारीले भने, ‘सरकार त्यसमा लागि पर्छ ।’
सुदूरपश्चिममा औद्योगिक विकास जसरी हुनु पर्ने त्यो हुन नसकेकोमा मन्त्री भण्डारीले भने, यहाँका समस्याहरू हल गर्ने कुरामा प्रतिबद्ध छौँ ।
फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोधरा चाँदनीको सुख्खा बन्दरगाहको अवलोकन गर्ने र निर्माणमा लाग्न निर्देशन दिने कार्यक्रम पनि रहेको छ ।
भारतीय पक्षले पनि सुख्खा बन्दरगाहा निर्माणमा चासो दिएको उनले बताए । सुख्खा बन्दरगाह निर्माण पछि आयात र निर्यातमा निकै सहज हुने उनको भनाइ थियो । ३ वर्षमा सम्पन्न गर्ने गरि काम भइरहेको मन्त्री भण्डारीले दाबी गरे । सुख्खा बन्दरगाह निर्माणले भारत भ्रमणमा पनि प्राथमिकता पाउने उनले बताए ।
चाँडै भारतसँग व्यापार पारवहन सम्झौता गर्ने र विदेशी लगानी नेपालमा भित्राउने गरि सरकारले नीति बनाउने समेत मन्त्री भण्डारीको दाबी छ ।
उनले भने, ‘उद्योगीहरूलाई सुरक्षित रुपमा उद्योग सञ्चालनको नीति बनाइने छ । सरकार यसमा लागि रहेको छ ।’
खानी विभागलाई खानीको सम्भाव्यता अध्ययन गर्न पनि निर्देशन दिइसकेको उनले बताए ।
‘मेडिन नेपालको अभियान सुरु गर्दै छ । औद्योगिक नीति संशोधन गरेर अघि बढाउँछौँ ।’ उनले भने, ‘नयाँ आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा औद्योगिक क्षेत्रको विकासमा केही नयाँ अनुभूति पाउनु हुन्छ ।’
स्वागत तथा भेटघाट कार्यक्रम सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले उद्योगी र व्यवसायीहरूको समस्या समाधान गर्न प्रदेश सरकार पनि लागिरहेको बताए ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले औद्योगिक विकासका लागि सहज हुने नीति सरकारले ल्याउने अपेक्षा रहेको बताएका थिए ।


२६ माघ २०७९, बिहीवार १४:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु