जिल्ला सरकारी वकिलको कार्यालयले शुरु गर्यो लामिछानेविरुद्धको जाहेरीको अनुसन्धान

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता, राहदानीलगायतका विषयमा परेको जाहेरीमा अनुसन्धान शुरु गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले लामिछानेविरूद्ध परेको जाहेरीमाथि छानबिन गर्न आवश्यक कागजात मगाएको बताएको छ ।

सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला प्रशासन कार्यालय, राहदानी विभागबाट जारी भएका नागरिकता, राहदानी र अध्यागमन विभागबाट पनि आवश्यक कागजात मगाएको हो ।

युवराज पौडेलले जिल्ला प्रहरी परिसरमा निवर्तमान गृहमन्त्री रवि लामिछानेले कायम नभएको नागरिकता चलाएको र झुठा विवरण दिएर राहदानी बनाएको भन्दै जाहेरी दिएका थिए। काठमाडौं प्रहरीले उक्त जाहेरी दर्ता गर्न नमानेपछि पौडेलले सरकारी वकिल कार्यालयमा जाहेरी दिएका थिए ।

अब सरकारी वकिल कार्यालयले सो जाहेरीमा उल्लेखित विवरणहरू हेरेर दर्ता गर्नुपर्ने भए दर्ता गर्न र नपर्ने प्रहरीलाई निर्देशन दिने भएको छ ।


२६ माघ २०७९, बिहीवार १४:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु