punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकाली नदीमा बगेका वृद्धको उपचारका क्रममा मृत्यु

Chaupati
safha napa

महाकाली नदीमा बुधबार दिउँसो बगेका वृद्धको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको छ । महाकाली नगरपालिका -२ पण्डोराका वीरसिंह बडालको उपचारका क्रममा मृत्यु भएको प्रहरिले जनाएको छ ।

महाकाली नगरपालिका -४ स्थित रिंग्नेताल नजिकबाट बगेका वृद्धको करिब ४०० मिटर तल नदीमा बगिरहेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेर जिल्ला अस्पताल पुर्‍याएका थिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अचेत अवस्थामा सुरक्षाकर्मीहरूले उद्धार गरी वृद्वलाई जिल्ला अस्पताल पुर्‍याएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जनाएको छ । वृद्ध कसरी महाकालीमा बगे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरिको भनाइ छ ।


२५ माघ २०७९, बुधवार १७:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु