punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रेशमसँग जोडेर प्रकाशित समाचार प्रति मुख्यमन्त्री सचिवालयको ध्यानाकर्षण, स्वकीय सचिव भन्छन् -भ्रामक र कपोकल्पित

Chaupati
safha napa

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई जोडेर भ्रामक र कपोकल्पित समाचार प्रकाशन गरिएकोप्रति उनको सचिवालले खण्डन गरेको छ।

मुख्यमन्त्री रावलका स्वकीय सचिव राजबहादुर चन्दले एक बिज्ञप्ति जारी गदै बुधबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र मुख्यमन्त्री रावलसँग सम्बन्धि भ्रामक र कपोकल्पित सामाग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ।

उक्त भ्रामक सामाग्रीले मुख्यमन्त्री रावलको व्यक्तिगत चरित्र हत्या र संस्थागत मानमर्दन गर्ने अभिप्राय रहेको बिज्ञप्तीमा उल्लेख छ।

May be an image of text

‘उक्त भ्रामक र कपोकल्पित समाचार प्रति घोर निन्दा र भत्र्सना गर्दै समाचारको खण्डन गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

पत्रकारिताको आधारभूत सिद्धान्त, मूल्य मान्यता र आचारसंहिता विपरीत प्रकाशित भएको उक्त समाचारको सन्दर्भमा सत्ता गठबन्धनलाई कमजोर बनाउने प्रयासमा लागेकाहरूको नियोजित षड्यन्त्र भएको आरोप छ।

‘जनतालाई सत्य सूचना दिने अभिभारा बोकेका सञ्चारमाध्यमहरूले तथ्यमा टेकेर मात्र समाचार प्रकाशन र प्रशारण गर्न तथा जनतालाई भ्रमित हुनेगरि यस्ता समाचार प्रकाशन तथा प्रशारण नगर्न समेत आग्रह गर्दछौं,’ बिज्ञप्तिमा उल्लेख छ।


२५ माघ २०७९, बुधवार १९:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु