punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने अन्तिम दिन भोली , नागरिक उन्मुक्तिले नदिए सरकार ढल्ने

Chaupati
safha napa

कैलाली ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने भोली अन्तिम दिन हो । भोली सम्म उनले विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । भोली उनले विश्वासको मत नपाए सरकार ढल्ने छ ।

अघिल्लो महिनाको २७ गते एमालेसहित ३ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त रावलले अहिले सम्म विश्वासको मत लिएका छैनन् । आज विश्वासको मत लिने गरि संसद् बैठक आह्वान गरिएको हो । तर, आज नागरिक उन्मुक्ति पार्टीका सांसदहरू काठमाडौँबाट कैलाली नआएपछि आजको बैठक भोली १ बजेलाई स्थगित गरिएको हो ।

भोली पनि उनीहरु नआए वा आएर पनि विश्वासको मत नदिएर मुख्यमन्त्री १ महिनामै बिदा हुनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । तर, एमाले सांसदहरू भने त्यस्तो अवस्था सृजना नहुने दाबी गर्छन् ।
‘सरकार उहाँहरूको मुद्दामा गम्भीर रहेको र प्रक्रियामा गइसकेको कुरा उहाँहरूलाई पनि थाहा छ’ नेकपा एमाले प्रदेश सचिव समेत रहेका प्रदेश सांसद धर्मराज पाठकले भने, ‘सरकारले विश्वासको मत पाउँछ भन्नेमा हामी विश्वस्त छौँ ।’

प्रदेशसभामा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन भएपछि विश्वासको मत दिने र सरकारमा जाने बताउँदै आएको थियो। उनीहरुको यो मागले सुदूरपश्चिम प्रदेश सरकार अफ्ठेरोमा परेको हो ।
हिजो मात्रै यहाँका सबै सांसदलाई केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीले काठमाडौँ बोलाएर छलफल गरेका थिए । छलफलमा रेशम रिहा नहुँदा सम्म विश्वासको मत दिन नसकिने निर्देशन जारी गरिएको थियो । उनीहरु अहिले सम्म पनि काठमाडौँबाट कैलालीका लागि प्रस्थान गरेका छैनन् । नागरिक उन्मुक्तिका सांसद अहिले सम्म कैलाली नपुगेपछि सरकार थप सङ्कटमा परेको विश्लेषण गरिएको छ ।

नागरिक उन्मुक्ति संघीय सांसद गङ्गा चौधरी पनि रेशम लगायतका बन्दीहरू रिहा नहुँदा सम्म विश्वासको मत दिन नसकिने बताउँछन् ।

सुदूरपश्चिम प्रदेशसभामा रहेका नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी कुल २९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त भएका थिए।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा रावलले विश्वासको मत पाउन कम्तीमा २७ जना प्रदेशसभा सदस्यको साथ आवश्यक छ। यस प्रदेशमा कांग्रेसका १९ र नेकपा एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य छन्।​

सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठूलो दल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस हो। यस्तै १ जना स्वतन्त्र प्रदेशसभा सदस्य पनि विपक्षमा छन्।​

नाउपाका ७ सांसदले विश्वासको मत नदिए मुख्यमन्त्री रावल अल्पमतमा पर्नेछन्। योसँगै उनको सरकार ढल्ने निश्चित छ। रावलको सरकार ढलेसँगै संविधानको धारा १६८ (३) अनुसार मन्त्रिपरिषद् पुनर्गठन हुनेछ। जसअनुसार सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्नेछन्।


२५ माघ २०७९, बुधवार १४:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु