बझाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
बझाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको केदारस्युँ गाउँपालिका २ र ४ को सिमाना बजुवा बगर नजिक मालवाहक ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार अमृता खत्रीको मृत्यु भएको हो ।
धनगढीबाट गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०७१ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०१०१० प ५३१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट करिब २५ बर्षिया खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकार दिए। मोटरसाइकल चालक र ट्रक चालक भने फरार रहेका छन् ।
घटना पछि जयपृथ्वी राजमार्गमा सवारी आवतजावत समेत अवरुद्ध भएका छन् ।
२३ माघ २०७९, सोमवार ११:२४ बजे प्रकाशित






























