punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रवि लामिछानेमाथि जाँच गर्न भीम रावलको माग

Chaupati
safha napa

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन्।

लामिछानेले आइतबार पत्रकार सम्मेलन गरेर दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन्।

नेता रावलले ट्विटरमा लेखेका छन्, राजनीतिक सिद्धान्त, मूल्य,मर्यादामा विश्वास गर्ने, देश–जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्छ। आलोचना सुन्छ।’

राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्ने उल्लेख गर्दै गालीगलौजमा नउत्रने उनको भनाइ छ।

‘सत्य तथ्य औँल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ। गालीगलौजमा उत्रिन्न। यस कसीमा रवि लामिछानेको जाँच गरौँ’ उनले भनेका छन्।


२३ माघ २०७९, सोमवार ११:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु