punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रेस चौतारी नेपालको स्थापना दिवसका अवसरमा कैलालीमा बिचार गोष्ठी सम्पन्न

Chaupati
safha napa

प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसका अवसरमा बिभिन्न स्थानमा कार्यक्रमहरू सम्पन्न भएका छन् । यसैबिच प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले पनि पत्रकारका चुनौती विषयक बिचार गोष्ठी धनगढीमा सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सुदूर पश्चिम प्रदेश सरकारका मन्त्री सन्तोष थापा शर्माले पत्रकारहरूले विकास निर्माणका लागि सहयोगी भूमिका निर्वाह गर्ने गरेको बताइन् ।

प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसको अवसरमा शुभकामना दिदै उनले आगामी दिनमा पनि पत्रकारहरूले यसै गरी सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरिन ।पत्रकारहरूका समस्याहरू,चुनौतीहरू रहेको बताउँदै उनले भनिन,समाधानका लागि सक्दो सहयोग गर्नेछु ।

प्रेस चौतारी नेपाल कैलाली शाखाका अध्यक्ष भानुभक्त आचार्यले स्वागत गरेको कार्यक्रमका बिच कैलाली बहुमुखि क्याम्पसका उपप्रध्यापक भुवन भण्डारीले पत्रकारका चुनौती,सुदूरपश्चिम प्रदेशमा पत्रकारिताको अवस्था लगायतका बारेमा जानकारी दिएका थिए ।

गोष्ठीमा पत्रकार महासङ्घका केन्द्रीय सचिव हेम कर्ण बिक, पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष योगेश रावल, बानका केन्द्रीय उपाध्यक्ष गोविन्द रोष्यारा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य करन ताम्राकार,पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशी,पे्रस चौधरी नेपाल कैलालीका इन्चार्ज सुशील ढुङ्गाना, क्रियाशील महिला पत्रकार समूहका जिल्ला अध्यक्ष अमिता कुवर,पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य कर्ण शाह,प्रकाश विक्रम शाह लगायतकाले बोलेका थिए ।

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्ण ओलीको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीको सञ्चालन महासचिब शिवराज भट्टले गरेका थिए ।
यसै गरी प्रेस चौतारी नेपाल जिल्ला शाखा कैलालीले पनि दिवसका अवसरमा बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । समितिले धनगढीको नयाँ जीवन मिसन नेपालमा आश्रित बालबालिकालाई सहयोग गरेको हो ।

नयाँ जीवन मिसन नेपालमै पुगेर कार्य समितिले दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न सामाग्री र शैक्षिक सामाग्री९कापी, कलम० सहयोग स्वरूप प्रदान गरेको हो ।

प्रेस चौतारी कैलालीका इन्चार्ज सुशील ढुङ्गाना, सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली, पूर्व केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज हेमन्त पौडेल र जिल्ला अध्यक्ष भानुभक्त आचार्यले संयुक्त रुपमा नयाँ जीवन मिसन नेपालकी इन्चार्ज प्रतीक्षा प्रधानलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । संस्थाका अध्यक्ष मनोज आचार्यले प्रेस चौतारीले स्थापना दिवसको अवसरमा पारेर बालबालिकालाई सहयोग गरेकोमा धन्यावाद ज्ञापन गरेका छन् ।

यसै बिच आइतबार नै बसेको प्रेस चौतारी नेपाल कैलालीको पदाधिकारी बैठकले सहसचिव (समावेशी) मा नन्दलाल राना, सदस्यहरूमा पूर्ण साउद,।तेज बोहरा र वीरेन्द्र भट्ट लाई मनोनीत गरेको छ ।


२३ माघ २०७९, सोमवार ०६:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु