कैलालीमा महायज्ञबाट संकलित रकमले गौशाला निर्माण गरिने
कैलालीको गोदावरी नगरपालिका वडा ८ स्याउलेमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । स्याउलेस्थित समैजी विश्वनाथ महादेव शिव मन्दिर व्यवस्थापन समितिको आयोजनामा माघ १५ गते बाट शुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आइतबार एक औपचारिक कार्यक्रमबीच सम्पन्न भएको हो ।
कार्यक्रममा स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाको अध्यक्षतामा सम्पन्न सप्ताह ज्ञान महायज्ञमा प्रमुख अतिथि प्रदेश सभा सदस्य खेमा देवी विष्ट रहेकी थिइन ।
विष्टले कार्यक्रममा बोल्दै आयोजक टिमले गौशाला निर्माणका लागि लगाइएको भगवत् महायज्ञ सराहनीय भएको बताइन् । मानिसलाई बाँचुन्जेल गौमाताको गोबर र गौत एकदमै काम लाग्ने बताइन् । गौशाला निर्माणका लागि आफ्नो तर्फबाट र प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिद्धता उनले जनाइन् ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समिति संयोजक गोपाल देउवाले महायज्ञ हिन्दु धर्म संस्कृति जोगाउन गौशाला निर्माण आयोजना गरिएको बताए । समाजमा बढ्दै गइरहेको छाडा पशुचौपायाहरु व्यवस्थापनको लागि गौशालाको निर्माण गर्ने उद्देश्यका साथ उक्त श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको उनको भनाइ छ ।
ज्ञान महायज्ञको अच्युत शरण महाराजलले उद्घाटन गरेका थिए । कथा वाचन प्रवचनसँगै भजन राष्ट्रिय कलाकार, भजनमण्डली, राष्ट्रिय भजन गायक, राष्ट्रिय अक्टोप्याड, यज्ञ आचार्यद्वारा प्रस्तुति भएको थियो ।
२३ माघ २०७९, सोमवार ०६:२८ बजे प्रकाशित






























