punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

२५ गते विश्वासको मत लिने मुख्यमन्त्री रावलको तयारी, नागरिक उन्मुक्ति लचक

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ गते विश्वासको मत लिने तयारी थालेका छन् ।

प्रदेश सभामुख भीम भण्डारीले २५ गते विश्वासको मत लिने गरि छलफल भइरहेको जानकारी दिए । उनले भने,‘अहिले यस बिषयमा निर्णय भइसकेको छैन । तर, २५ गते विश्वासको मत लिने गरि कुरा भइरहेको छ ।’मुख्यमन्त्री रावलले विश्वासको मत लिने तयारी गरिरहेका बेला नागरिक उन्मुक्ति पार्टी लचक भएको छ ।

टीकापुर घटनाको सन्दर्भमा झगडिया झिकाउन सर्वोच्च अदालतले आदेश दिएसँगै नागरिक उन्मुक्ति लचक भएको हो । अहिले सम्म विश्वासको मत दिने बिषयमा निर्णय नभए पनि विश्वासको मत दिने बिषयमा सकारात्मक रहेको नागरिक उन्मुक्तिका शीर्ष नेताहरूको भनाइ छ ।
नागरिक उन्मुक्ति संसदीय दलका नेता रामेश्वर चौधरीले पनि केही लचक भएको भन्दै केही दिनमा यस बिषयमा ठोस निर्णय हुने जनाए ।

‘हाम्रा माननीयहरूलाई फसाउने काम भएको छ तर, आजको सर्वोच्चको निर्णयले केही राहत भएको छ ’उनले भने ‘विश्वासको मत दिने बिषयमा केही दिन भित्र निर्णय गर्छौ ।’
पुस २७ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ ।


२२ माघ २०७९, आइतवार २०:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु