खुल्यो विश्वकै पहिलो सुनको होटल
एजेन्सी / हाल एकातिर सारा विश्वमा कोरोना भाइरसको त्रास फैलिरहेको छ भने अर्कातिर कोरोनाकै संत्र्रmमणका बिच पनि संसारका देशहरु अनौठा काम गरेर विश्वको ध्यान आफू तिर तानिरहेका छन् ।
अहिले यस्तै एउटा घटना सार्वजनिक गरेर भियतनामले विश्वको ध्यान आफूतिर तानेको छ । भियतनामले राजधानी हनोईमा एक भव्य सुनको होटल खोलेर विश्वको ध्यान आफू केन्द्रित गर्न सफल भएको छ ।
उक्त होटलका ढोका, गेट, सजावटका सामानका साथै ट्वाईलेट समेत सुनका रहेका छन् ।यो होटलको नाम डोल्से हनोई गोल्डन लेक रहेको छ । यो संसारकै पहिलो सुनबाट बनेको लग्जरी होटल हो ।
होटलमा २५ तला छन् भने ४०० कोठा रहेका छन् । होटलको बाहिरी ढोकामा ५४ हजार वर्ग फिट गोल्ड प्लेटेड टाइल्स लगाइएको छ ।
२३ असार २०७७, मंगलवार १०:१८ बजे प्रकाशित













