punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाँकेमा पक्राउ परेका सांसद चौधरीलाई धनगढी ल्याइयो, आज जिप्रकामा राखिने

Chaupati
safha napa

कैलाली । बाँकेबाट पक्राउ गरिएका प्रतिनिधिसभा सदस्य अरुण चौधरीलाई काठमाडौँ हुँदै धनगढी ल्याइएको छ । सुरुमा सडक मार्ग हुँदै बाँकेबाट धनगढी ल्याउने तयारी गरिएको भएपनि सुरक्षा थ्रेट भन्दै विमानबाट धनगढी ल्याइएको हो ।

 

बाँके–धनगढी विमान नहुँदा बाँकेबाट काठमाडौँ लगेर काठमाडौँबाट चौधरीलाई श्रीएयरलाइन्सको विमानमार्फत धनगढी ल्याइएको हो ।

केही बेर अघि धनगढी पुर्याइएका चौधरीलाई प्रहरीले आजको रात जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा राख्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आज थुनुवा कक्षमा राख्ने र भोली जिल्ला अदालतमा पेश गरिने बताए ।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनालाई २०७० वैशाख ९ गते छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

आफ्नो कैद भुक्तान नगरेका चौधरीलाई प्रहरीले आज पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरि जिल्ला अदालत पेश गर्ने तयारी गरिरहेका बेला नागरिक उन्मुक्ति पार्टीले भने आफ्ना सांसद रिहा गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।


१९ माघ २०७९, बिहीवार २१:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु