punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अरुण चौधरीलाई रिहा गर्न सरकारलाई नागरिक उन्मुक्तिको २४ घण्टे अल्टिमेटम

Chaupati
safha napa

कैलाली । बाँकेको कोहलपुरबाट पक्राउ परेका प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा गर्न सरकारलाई नागरिक उन्मुक्ति पार्टीले २४ घण्टे अल्टिमेटम दिएको छ ।

पार्टीका प्रवक्ता दामोदर पण्डितले एक विज्ञप्ति जारी गर्दै २४ घण्टा भित्र रिहा नगरे त्यसपछि घट्ने घटनाको दोषि सरकार र सम्बन्धित निकाय हुने चेतावनी दिएको छ । विज्ञप्तिमा आफूहरूलाई जबरजस्ती आन्दोलनमा धकेल्ने प्रयास भएको समेत बताइएको छ ।

ट्याक्टर जलाएको मुद्दामा १० वर्ष देखी फरार रहेका नागरिक उन्मुक्तिका सांसद चौधरीलाई प्रहरीले आज बाकेबाट पक्राउ गरेको हो ।

यस अघि प्रदेश सभा र स्थानीय तहमा उम्मेदवार बन्दा निर्वाचन आयोगले चासो नदिएको र अहिले नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभामा निर्वाचित भएपछि पूर्वाग्रही ढंगले हेरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


१९ माघ २०७९, बिहीवार १९:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु