punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

Chaupati
safha napa

काठमाडौं– नेपाल क्रिकेट संघ क्यानले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ। पोखरामा मंगलबार भएको क्यानको केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको एक बोर्ड सदस्यले बताए।

सन्दीपविरुद्ध नाबालिग भनिएकी एक किशोरीले बलात्कारको आरोपमा लगाउँदै नेपाल प्रहरीमा जाहेरी दिऐपछि उनलाई गत भदौ २३ गते क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो।

तर, उच्च अदालतको आदेशपछि २० लाख रुपैयाँ धरौटीमा रिहा भएपछि क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।

सन्दीप पुस २९ मा २० लाख धरौटी बुझाएर रिहा भएका थिए।

यद्यपि, उच्च अदालतको निर्णयविरुछ मंगलबार नै महान्यायाधीवक्ताको कार्यालय सर्वोच्च अदालत गएको छ।


१७ माघ २०७९, मंगलवार २२:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु