punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सन्दीपलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

Chaupati
safha napa

नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दायर भएको छ ।

महान्यायाधिवक्ता कार्यालयका सूचना अधिकारीले मंगलबार उच्च अदालत पाटनको आदेश विरुद्ध निवेदन दायर भएको जानकारी दिए ।नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका लामिछानेलाई उच्च अदालतले जिल्ला अदालतको पुर्पक्षमा थुनामा राख्ने आदेश उल्ट्याएको थियो ।

लामिछानेलाई थुना राखी रहन नपर्ने भन्दै सोह्र आधार देखाउँदै लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो ।उच्च अदालतले नेपाल बाहिर जान नमिल्ने र वाग्मती प्रदेश बाहिर जान पनि प्रहरीलाई जानकारी दिएर मात्र जान मिल्नेसहित अन्य शर्तहरु राख्दै धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।


१७ माघ २०७९, मंगलवार १८:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु